इच्छा देखाएका छन् । नागरिक दैनिकमा समाचार छ ।
भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ग्यास आपूर्ति गर्ने चाहना राखेका हुन् ।
नाकाबन्दी खुलेको दुई महिनासम्म पनि उपभोक्तालाई ग्यास पुर्याउन नसकेकोले सरकारले नीतिगत निर्णय गरे अन्य देशबाट पनि ग्यास ल्याउन सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।
अहिलेसम्म मासिक करिब २९ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उर्जा संकट र सहरी संस्कृतिको विकासले उपभोक्ता बढेकाले करिब १० हजार मेट्रिक टन ग्यासको माग बढेको निगमले जनाएको छ ।
दाउराको प्रयोग घट्दै गएको र बिजुली पर्याप्त आपूर्ति नभएको बेला ग्यास प्रयोगकर्ता बढडैकाले बजारमा किरब ४० हजार मेट्रिक टन ग्यास आवश्यक देखिएको हो । नागरिक दैनिकमा समाचार छ ।