हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् । सर्जनको भूमिकामा देखिएका उनी एउटा सडक दुर्घटनापछि अर्कै संसारमा पुग्ने कथा यसमा देखाइएको छ ।
फिल्मको ट्रेलर काठमाडौं सहरको दृश्यबाट सुरु हुन्छ । पशुपति आर्यघाटनेरको पुलमा नेपालीहरुसँगै फिल्मको हिरो देखिन्छन् । ट्रेलरमा काठमाडौं सहरको एरियल सटदेखि स्वयम्भुको दृश्यसम्म देखिन्छ । फिल्ममा न्युरोड–असन क्षेत्र पनि देखिन्छ ।
फिल्ममा काठमाडौंबाहेक हिमाली क्षेत्रका पनि केही दृश्य छन् । काठमाडौंबाहेक लन्डन, हङकङ र न्यूयोर्क सहरमा पनि यो फिल्मको छायाँङकन गरिएको छ ।