Tuesday , September 27 2022
Home / Top Stories / ठूला दल मुलुक विखण्डनतर्फ लागेः बाबुराम :: अन्नपुर्ण पोस्ट 

ठूला दल मुलुक विखण्डनतर्फ लागेः बाबुराम :: अन्नपुर्ण पोस्ट 

२०७३ बैशाख १०, अन्नपुर्ण पोस्ट 
वीरगन्जः नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र एमाओवादीहरु मुलुक विखण्डन गर्न अग्रसर भएको आरोप लगाएका छन् ।
पर्साको पोखरीया नगरपालिकामा बिहीबार आयोजित अन्तरक्रियामा बोल्दै ठूला तीन दलले मधेसमाथि विभेद र दमन गरेर मुलुक विखण्डन गर्न खोजेको बताए ।
उनले आफू संविधान मस्यौदा समितिमा रहँदा अन्तरिम संविधानमा भएका कुरा र मधेसमा दुई प्रदेश बनाउने भन्ने निर्णय विपरित, शुसील कोइराला, केपी ओली र प्रचण्ड लगायतले दुई प्रदेश बनाउन नदिएको बताए । ‘मैले मान्दिन पनि भने तर उनीहरुले म माथि महाअभियोग लगाउने तयारी नै गरेका थिए’, उनले भने ।
मधेसमा जाँदा मधेसी जनतासँग लभ परेको भन्ने प्रचण्डले पहाडी केपी ओलीसँग विवाह गरेको भट्टराईले टिप्पणी गरे ।
उनले मधेसीले नै काठमाडौं बनाएको कुरा भुल्न नहुने बताए । मधेसमा बस्ने मानिसहरुको योगदानको अवमूल्यन गर्न नहुने उनको भनाइ थियो ।
संयोजक भट्टराईले मधेस र मधेसीकोे अधिकारका लागि मधेसवादी दलहरुले एक जुट भई सिंहदरवार केन्द्रित आन्दोलन गर्नुपर्ने बताए । भटटराईले नेपालमा आर्थिक क्रान्ति गर्न पार्टी निर्माण गर्न लागेको जानकारी दिए ।
बैशाख ३ गते सप्तरीको भारदहबाट शुरु गरेको मधेस स्वाभिमान जागरण यात्राअन्र्तगत आज पर्साको पोखरीयामा खुल्ला अन्र्तक्रियाको आयोजना गरिएको हो ।
नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद पर्साका संयोजक बलीराम साहको अध्यक्षतामा भएको कार्यक्रममा दुई नम्बर प्रदेश संयोजक रामचन्द्र झा, केन्द्रीय सदस्य रामकुमार शर्मा, महेन्द्र पासवान, रामरिझन यादव र रत्नेश्वर शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

– See more at: http://annapurnapost.com/News.aspx/story/47762

11541 Total Views 2 Views Today

About Narayan Kafle

Check Also

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि ...

Leave a Reply

Your email address will not be published.