Tuesday , September 27 2022
Home / Top Stories / नेपालीको ‘नो भोट’ अभियानले ‘मोदी आउट’ :: अन्नपुर्ण पोस्ट

नेपालीको ‘नो भोट’ अभियानले ‘मोदी आउट’ :: अन्नपुर्ण पोस्ट

बैशाख ११, २०७३ : अन्नपुर्ण पोस्ट
टाइमको प्रभावशाली सय व्यक्तिमा मोदी अटेनन्
काठमाडौँः विश्वका चर्चित सय व्यक्तिमा यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपरेपछि विश्वभर चर्चा सुरु भएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको ६ महिना लामो नाकाबन्दीपछि अन्तराष्ट्रिय तहमै मोदीको आलोचना भएको थियो ।
धेरैले मोदी चर्चित व्यक्तिको लिस्टमा नपर्नुको प्रमुख कारण नेपालमा भारतले गरेको नाकाबन्दी भएको अनुमान गरेका छन् ।
भारतीय नाकाबन्दीपछि नेपाली युवाहरुले  मोदीलाई विश्वका चर्चित सय व्यक्तिको सूचीमा पर्न नदिन अभियान नै गरेका थिए ।
नेपाली युवाले ‘नो भोट मोदी’ अभियान चलाएर मोदीलाई विश्वचर्चित व्यक्तिको लिस्टमा नअटाउन दबाब दिएका थिए ।
बिहिबारमात्र विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय  व्यक्तिको सूची सार्वजनिक गर्दा त्यहा मोदी नपरेपछि नेपालमा भारतले गरेको नाकाबन्दीको चर्चा सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नपरेको सूचीमा भारतीय कलाकार, खेलाडी र बैंकर भने परेका छन् ।  भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन,  अभिनेत्री प्रियंका चोपडा, टेनिस खेलाडी सानिया मिर्जा, फ्लिपकार्ड संस्थापक बंशल दाजुभाइ बिनी बंशल र सचिन बंशल, पर्यावरणविद् सुनिता नारायण पर्दा मोदी सूचीबाट आउट भएका हुन् ।
भारतीय गर्भनर, अभिनेत्री र टेनिस खेलाडी सूचीमा पर्दा मोदी नपर्नु आश्चर्य भएको भन्दै भारतय सञ्चार माध्ययमले मोदी आउट भएको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामा छन् ।
टाइमको सूचीमा फेसबुकका मालिक मार्क जुकर्बर्ग दम्पत्ति, जर्मनीकी चान्स्लर एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारीले भने स्थान पाएका छन् ।

– See more at: http://annapurnapost.com/News.aspx/story/47804

11698 Total Views 18 Views Today

About Narayan Kafle

Check Also

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि ...

Leave a Reply

Your email address will not be published.