Saturday , November 25 2017
Home / Business / लौ आयो नबिल बैंकको शेयर धितो कर्जा, धितो राखेको शेयर पनि बेच्न पाइने :: मेरोलागानी.कम

लौ आयो नबिल बैंकको शेयर धितो कर्जा, धितो राखेको शेयर पनि बेच्न पाइने :: मेरोलागानी.कम

बैशाख ११, २०७३ मेरोलागानी .कम 

नबिल बैंक (NABIL)ले आफ्ना ग्राहकका लागि ३ वटा नयाँ योजना  एकै पटक सार्वजनिक गरेको छ । बैंकले राजधानीमा एक कार्यक्रमको आयोजना गरि सेवाग्राहीका लागि नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र शेयर खाता गरी ३ वटा सेवाको सुरुवात गरेको हो । आधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीको चाहना बमोजिम एकै पटक यस्ता सेवाको प्रारम्भ गरिएको बैंकले जनाएको छ ।

यस मध्येको सबैभन्दा आकर्षक योजना शेयर धितो कर्जा मानिएको छ । बार्षिक ७.९९ प्रतिशत ब्याज दरको शेयर धितो कर्जा योजनाबाट नबिल बैकका ग्राहक मात्रै हैन, हातमा शेयर भएर पनि सस्तो ब्याजमा कर्जा लिन चाहिरहेका लगानीकर्ताहरु सहजै लाभान्वित हुनसक्नेछन् ।

उसका अनुसार अहिले धितो राखेको शेयर बेच्न नमिल्ने व्यवस्थाले लगानीकर्ता समस्यामा पर्ने गरेको भन्दै नबिलबाट ऋण लिने क्रममा धितो राखिएको शेयर बेच्न पनि सकिने जनाएको छ । तर यस क्रममा बैंकले उक्त शेयर कारोबार हुने दलाल कम्पनीसंग समन्वय गरि अरु शेयर खरिद गर्दा पछि आउने शेयरलाई फेरी धितोका रुपमा राख्ने व्यवस्था मिलाउने जनाएको छ । यसरी धितो राखिएको शेयरको कारोबार बाट पनि सेवाग्राहीले दोहोरो फाइदा लिन सक्ने विश्वास बैंकले लिएको छ । अहिले बैंकहरुले दिएको शेयर धितो कर्जामा धितो राखिएको शेयर बेच्न अनिवार्य रुपमा शेयर फुकुवा गराउनु पर्ने व्यवस्था छ । नबिलले यो व्यवस्थालाई परिमार्जन गरि सेवाग्राहीलाई सहज रुपमा कारोबार गराउने लक्ष्यका साथ यस्तो सेवा सुरु गरेको हो ।

६९ कम्पनीको शेयरको पहिचान गराइसकेको बैंकले ऋण लिन चाहनेहरुबाट ती कम्पनीको शेयर संख्याको विबरण मात्र माग गर्नेछ भने अन्य प्रकृया आफैंले पुरा गराउने छ । शेयर धितो राखे पछि त्यसको मुल्यांकनका आधारमा लगानीकर्ताले ७० प्रतिशतको हाराहारीमा ऋण पाउने छन् ।

साधारण शेयर भएका तर दास्रो बजारका बारेमा जानकार नभएकाहरुले पनि आफुसंग भएको शेयर धितोमा राखेर कर्जा लिएर बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको पोर्टफोलियो म्यानेजमेण्टमा लगानी गर्न सक्नेछन् । यसका लागि सहयोगि भुमिका निर्वाह गर्न इन्भेष्टमेण्ट बैंकिंग प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न इच्छुक लगानीकर्ताहरुले अब नबिल बैंकको जुनसुकै शाखा मार्फत डिम्याट खाता खोल्न सक्ने व्यवस्था बैंकले मिलाएको छ ।

यसका साथै बैंकले शेयर खाता पनि ल्याएको छ । अहिले प्रचलनमा रहेका बैंक खाताको परिष्कृत रुपमा ल्याइएको शेयर खातामा नबिल इन्भेष्टमेण्टमा खोलिएको डिम्याट खाता पनि जोडिने छ भने डिम्याट खाता र शेयर खाता परिपुरकका रुपमा रहने छन् । डिम्याट खातामा हुने शेयर कारोबारका आधारमा त्यसको नगद हिसाब शेयर खातामा समायोजना हुने, नगद लाभांस तथा आइपीओ, एफपीओका रकमहरु सिधै शेयर खातामा जम्मा हुने बताइएको छ । बैंक खाता र डिम्याट खाताको संयोजनका रुपमा ल्याइएको शेयर खाताबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

नबिल स्मार्ट बैंक नाम एप्लिकेशन पनि एक साथ ल्याएको बैंकले एप्सबाट एसएमएस तथा इन्यटरनेटबाट बैंकींग कारोबारका साथै डिम्याट खाताको सबै विबरण हेर्न सक्ने जनाएको छ । हाल एण्ड्रोइड डिभासमा मात्र उपलब्ध एप्स केही समयमा नै एप्पल डिमाइसमा पनि उपलब्ध हुने जनाएको बैंकले उसका सबै सेवाहरु एउटै एप्लिकेसनबाट सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने जनाएको छ । उक्त एप्स मार्फत इन्टरनेटको माध्यमद्वारा नबिल बैंक मात्रको नभई ई–सेवासञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम ट्रान्सफर गर्ने सेवा समेत प्रयोग गर्न सकिने छ ।

नबिल बैंकले आफ्ना ५२ वटा शाखाहरु, ९० वटा एटिएम र १ हजार ५ सय भुक्तानी प्रतिनिधिहरुको वृहत् नेटवर्क मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

5506 Total Views 4 Views Today

About Narayan Kafle

Check Also

Finance Minister says budget to focus on self-reliance :: My republica.com

BUTWAL, April 17, 2016: Myrepublica.com Finance Minister Bishnu Prasad Poudel has said the government will ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *