Sunday , November 17 2019
Home / National

National

  • सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशककाे भनाइ: सबै मेडिकल कलेज अनुसन्धानको दायरामा छन्
    on November 17, 2019 at 3:01 pm

    काठमाण्डाै - तीन वटा निजी मेडिकल कलेजमाथि छापा मारेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सबै मेडिकल कलेज अनुसन्धानको दायरामा रहेको बताउनु भएको छ । राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदन पाएका भट्टराईले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएर ठगी गरेका कलेजमाथि अनुसन्धान शुरु भएकाले सबै कलेजमा छापा मार्ने संकेत गर्नु भएको हो । ‘अनुसन्धान अधिकृतहरुले आफ्नो काम सुरु गर्नु भएको छ’, विभागका निर्देशक भट्टराईले उज्यालोसँग भन्नुभयो, ‘सबै कलेज अनुसन्धानको दाय...

  • सिद्धार्थ राणा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित
    on November 17, 2019 at 2:56 pm

    काठमाण्डाै - सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिद्धार्थ राणा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुनुभएको  छ । आठौँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेकोहो । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीहरुलाई सम्मान गर्नुभएको हो । व्यवसायी राणा यसपटकसमेत गरेर छैटौँ पटक याे सम्मानबाट सम्मानित हुनुभएको छ । टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ बाहेक होटल सोल्टीमा पनि राणाको सेयर छ । 

  • मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा: कारबाही प्रक्रिया सुरु
    on November 17, 2019 at 2:18 pm

    काठमाण्डाै - राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदन पाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निजी मेडिकल कलेजमाथि अनुसन्धान सुरु गरेको छ । विभागले आइतबार चितवन मेडिकल कलेज, मोरङ विराटनगरको नोबल मेडिकल कलेज  र पर्सा विरगञ्जको नेशनल मेडिकल कलेजमा छापा मारेर अनुसन्धान शुरु गरेको हो । ‘सतर्कता केन्द्रको प्रतिवेदन पाएपछि हामीले सूक्ष्म अनुसन्धान शुरु गरेका थियौ’ सम्पति शुद्धिकरण तथा अनुसन्धान विभागका एक अधिकारीले उज्यालोसँग भने, ‘आज स्थलगत रुपमै केही कागजात लिएर विस्तृत अनुसन्धान सुरु...

  • नागरिक सोध्छन्: पाइलैपिच्छे कर तिरेको बदलामा सरकारले के दियो ?
    on November 17, 2019 at 1:33 pm

    काठमाण्डाै - ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ आइतबार कर दिवस मनाइयो । तर नारामा भनिएजस्तो नागरिकले आफूले तिरेको करबाट सरकारले विकास निर्माण पनि नगरेको र सुशासन पनि नभएको गुनासो गरिरहेका छन् । पाइलैपिच्छे कर लिने सरकारले नागरिकलाई सुखको साटो दुःख दिने गरेको र आफूले तिरेको करबाट केही व्यक्ति मात्रै धनी भएको नागरिकको बुझाई छ । सरकारले करको सदुपयोग नगर्दा नागरिक कर तिर्दा आफूलाई गर्व गर्नुपर्नेमा पछुतो मानेजस्तो गरिरहेका छन् ।  ‘हाम्रो कर मन्त्री, नेता र सांसदलाई मात्र...

  • सूचना प्रविधिमा अवसर: घरमै बसीबसी डलर
    on November 17, 2019 at 12:10 pm

    गोरखाको शहीद लखन गाउँपालिका ८ का केदार अधिकारी १० वर्षअघिसम्म पोखरामा कम्प्युटर इन्स्टिच्युट र साइबर चलाएर बस्नुहुन्थ्यो । कम्प्युटरसम्बन्धी काम बढ्दै गएपछि ल्यापटप किन्नुभयो । ल्यापटप त किनियो, तर यसको सदुपयोग कसरी गर्ने भन्नेमा उहाँलाई अलमल भयो । त्यतिबेला अहिलेजस्तो इमेल, इन्टरनेट, यूट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल सबैका पहुँचमा पुगिसकेको थिएन । सबैको हातहातमा मोबाइल, कम्प्युटर र ल्यापटप पनि थिएन । सानैदेखि जिज्ञासु स्वभावका अधिकारीले ल्यापटपमा घण्टौँ समय बिताउन थाल्नुभयो । वेबसाइट के हो, वेबसाइटबाट कसरी...

  • कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई फिर्ता ल्याउने पहल गर्न सरकारलाई निर्देशन
    on November 17, 2019 at 11:41 am

    काठमाण्डाै - संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता ल्याउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको ...

  • गाडीको इञ्जिन जोगाउने वातावरणमैत्री म्याक लुब्रिकेन्ट्स
    on November 17, 2019 at 10:58 am

    सन् २००२ देखि सिप्रदी ट्रेडिङ प्रालि, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड, बीपीसीएल (BPCL) को उत्पादन म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक बिक्रेता हो । म्याक लुब्रिकेन्ट्स भारतको एक महारत्न कम्पनी अन्तर्गतको भएकाले  विश्वासिलो उत्पादन मानिन्छ जसले सधै गुणस्तरमा ध्यान दिन्छ । बजारमा उपलब्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरीय विशेषताका कारण यो लुब्रिकेन्ट्स भारतसँगै नेपालमा पनि लोकप्रिय बनेको छ । गुणस्तरमा अब्बल म्याक लुब्रिकेन्ट्सले गुणस्तरसम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी आईएसओ प्रमाणपत्र प्राप्त गरेको...