Tuesday , September 26 2017
Home / Featured / कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

काठमाडौँ, २५ वैशाख  २०७३ नयाँ पत्रिका 

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार कम्तिमा डेढ वर्ष टिक्ने बताएका छन् । रिपोर्टर्स क्लवमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यही सरकाले संसदीय निर्वाचन गराउँने पनि दाबी गरे ।

उनले भने, ‘केही समयमा सरकारले स्थानिय निकायको चुनाव गराउँछ र संसदीय निर्वाचन पनि गराउँछ अनि सरकार हस्तान्तरण गर्छ ।’ सरकारमाथि कुनै खतरा (थ्रेट) र प्रश्न नरहेको पनि उनको भनाई छ ।

उनले नेकपा (एमाले) र एकीकृत नेकपा माओवादीका बीचमा भएको पछिल्लो नौ बुँदे सहमति कार्यान्वयन हुने पनि बताए । ‘मानव अधिकारको विश्वव्यापी चासोबाट सरकार पछि हट्न सक्दैन’, मन्त्री थापाले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगले संविधान अनुसार नै द्वन्द्वकालीन मुद्दा न्यायपूर्वक समाधान गर्नेछ । नौ बुँदे सहमति पनि यसैमा आधारित छ ।’

उनले संविधान शंशोधन गरेर मधेशीको समस्या समाधान गर्ने पनि बताए । –

2656 Total Views 3 Views Today

About Narayan Kafle

Check Also

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *