Tuesday , September 26 2017
Home / Featured / मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री :: अन्नपुर्ण पोस्ट

मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री :: अन्नपुर्ण पोस्ट

काठमाडौं: बैशाख २६, २०७३ अन्नपुर्ण पोस्ट 
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचन हुने बताएका छन् । नेकपा मालेको सातौं महाधिवेशनलाई शनिबार गौशालामा सम्बोधन गर्दै ओलीले भने, ‘अब मंसिर पहिलो साता स्थानीय निर्वाचन हुन्छ, तपाईंहरू पनि तयार हुनुस्’, ओलीले भने । उनले २०७४ साल माघमा आमनिर्वाचन गराउने बताए ।
सरकारलाई नीति र कार्यक्रम तथा बजेट ल्याउन नदिन अनेक दौडादौड भए पनि त्यसको कुनै अर्थ नरहेको प्रधानमन्त्रीले बताए । उनले सरकारले नीति कार्यक्रम र बजेट ल्याएपछि सबैले सरकारले कति काम गर्छ भनेर थाहा पाउने पनि बताए ।
राजनीतिक पार्टीहरूलाई जिम्मेवार भएर आर्थिक समृद्धितर्फ लाग्न आग्रह गर्दै ओलीले भने, ‘उफ्रन पनि जानेर उफ्रनुस्, थचारिएपछि घाइते बनेर नबस्नुस् ।’
उनले नेपाललाई जाति, भाषा र क्षेत्रका आधारमा विभाजन गर्ने षड्यन्त्र भएको आरोप लगाउँदै ओलीले अहिले त्यो विफल भएको र केही झुन्ड अझै पनि त्यो प्रयासमा रहेको बताए ।
 उनले एउटा समूहले जारी संविधानले विभेद गरेको भनेर गलत प्रचार गरेको र त्यसलाई संसद्बाट वैधानिकता दिन सकिन्छ कि भनेर षड्यन्त्र भएको बताए । ओलीले आफूलाई हटाउँछन् कि भन्ने कुनै चिन्ता नभएको दाबी गरे ।
उनले सरकारले ल्याएको नीति कार्यक्रम र बजेटपछि आगामी वर्ष आर्थिक समृद्धिको प्रस्थान वर्ष हुने बताए । ‘आगामी वर्ष भुइँतलामा रहेको नेपाललाई आर्थिक रूपमा माथिल्लो तलामा चढाइन्छ’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले यसका लागि सबै दल र नेताकार्यकर्तालाई काममा जुट्नसमेत आग्रह गरे । ‘यो जनताको सरकार हो, दुई छाक भात त तपाईंहरूलाई सुतेर नै ख्वाइदिन्छ, तर त्यसले विकासको गति अगाडि बढ्न सक्दैन । त्यसैले सबै मिलेर काम गरौं’, प्रधानमन्त्रीले भने ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वामपन्थी एकतामा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण अहिलेको अवस्थामा सबै दलहरू एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मालेका महासचिव सीपी मैनालीले अहिलको सरकारले स्थानीय निर्वाचन र आमनिर्वाचन गराउने दाबी गरे ।

 

3647 Total Views 3 Views Today

About Narayan Kafle

Check Also

कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

काठमाडौँ, २५ वैशाख  २०७३ नयाँ पत्रिका  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार कम्तिमा डेढ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *